सुचना तथा समाचार
वार्ड नं. २
राजपुर वडा नं. २ विष्णुपुर गाउँपालिकाको चोहर्वा - सिरहा रोडको पश्चिम भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भएसँगै विष्णुपुर वडा नं. १ , २,३ र ५ अन्तर्गत रहेको गाउँ टोल रजोखर , कौवहा, राजपुर , गढिया र विरता टोल पर्दछ । यस वडाको क्षेत्रफल ५.२४ वर्ग कि.मि. रहेको छ । वि.स. २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या २३३६ रहेको छ ।
यस वडाको पुर्व तर्फ विष्णुपुर प्र.म. वडा नं. १ , पश्चिम तर्फ रजोखर , दक्षिण तर्फ थल्हा र उतर तर्फ नरहा गाउँपालिका पर्दछ । यस वडामा १(एक) वटा स्वास्थय चौकि , २(दुई) वटा अधारभुत विद्यालय र १(एक) वटा माध्यमिक विद्यालय संचालनमा रहेको छ । यस वडामा पतन्जलि योग शिविर पनि रहेको छ । मठ मन्दिरको रुपमा रामजानकि मन्दिर , खाकि बाबा मन्दिर , रामजानकि कुटि र वैष्णव देवी मन्दिर अवस्थित छ ।
Population:
२३३६
Ward Contact Number:
९८१७७८३४६८