सुचना तथा समाचार
वार्ड नं. ३
रजोखर वडा नं. ३ विष्णुपुर गाउँपालिकाको चोहर्वा - सिरहा रोडको पश्चिम भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भएसँगै विष्णुपुर वडा नं. ४,६,७,८,९ अन्तर्गत रहेका गाउँ टोल गढिय, राजपुर र रजोखर पर्दछ । यस वडाको क्षेत्रफल ५.२४ वर्ग कि.मि. रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार यस वडाको जनसंख्या २८६४ रहेको छ ।
यस वडाको उतर तर्फ कल्याणपुर नगरपालिका , दक्षिण तर्फ थल्हा कट्हा , पुर्व तर्फ राजपुर र पश्चिम तर्फ कल्याणपुर नगरपालिका पर्दछ । यस वडामा १(एक) वटा स्वास्थय चौकि र १(एक) अधारभुत विद्यालय रहेको छ । मठ मन्दिरको रुपमा हनुमान मन्दिर , सल्हेस मन्दिर , कविरकुट्टि र डिहवार स्थान रहेको छ । यस वडामा मुख्य तया मानिसहरु कृषि पेशामा निर्भर छन ।
Population:
२८६४
Ward Contact Number:
९८१६७८०२९८