उतरः समाजिक सुरक्षा भता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्षमा श्रावन देखि पौष मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल विद्यवा महिला , अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाईन्छ ।
सुचना तथा समाचार
प्राय सोधिने प्रश्नहरु
उतरः चालु आ.व.को श्रावन १ गते देखि पौष मसान्त सम्म उमेर पुग्ने नागरिकहरु र आगमी आ.व. फागुन मसान्तसम्म उमेर पुग्ने जेष्ठ नागरिकले समेत अनिवार्य रुपमा आवश्यक कागजात सहित चालु आ.व.को पौष मसान्तसम्म तोकिएको ढाँचामा निवेदन दिनुपर्दछ । पौष मसान्त भित्र निवेदन नदिएमा त्यस्ता व्यक्तिले आगामी आर्थिक वर्षमा भता पाउँदैन्न ।
उत्तरः हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।
उत्तरः एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।
उत्तरः सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राहीहरु स्थानीय निकायले तोकेको मिति र स्थानमा परिचयपत्र सहित उपस्थित भई भत्ता लिनु पर्दछ ।
उत्तरः रकम निकाल्ने समय सिमा हुँदैन ।
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
- वडा कार्यालयको राय सिफारिस पत्र।
- प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
- प्राविधिक MEASUREMENT BOOK।
- योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
- उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
- योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
- खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
- डोर हाजिर फारम (प्रमाणित)।
- खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
- सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
- विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
- सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
- जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।
उत्तरः देहायको अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा गर्नुपर्दछ :
- मृत्यु भएमा
- बसाइ सरी अन्यत्र गएमा
- एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा
- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
- स्वेच्छाले भत्ता लिन नचाहेमा
- परिचयपत्र नविकरण नगरेमा
- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा
- उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
- आयोजनाको लागत अनुमान विवरण।
- उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
- आयोजनाको कार्यान्वयनको कार्य तालिका।
- खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
- योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
- योजनाको छाप।
- रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
- २ प्रति फोटो
- व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
- वडाले आवश्यक ठानेको कागजात